बिरामी पत्रकारलाई महासंघकाे घरमै नि:शुल्क औषधि वितरण

everest kitchen
photo file

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रदेश समिति अन्र्तगतका जिल्ला शाखा आवद्ध विभिन्न प्रकृतिका बिरामीका कारण नियमित औषधि सेवन गरिरहेका सञ्चारकर्मीलाई संभव भएसम्मको औषधि उनीहरुको घरैमा लगेर निःशुल्क उपलब्ध गराउदै आएको छ ।

विश्वव्यवापी कोभिड – १९ संक्रमणको जोखिम फैलिन नदिन सरकारले जारी गरेको ‘लकडाउन आदेशका कारण औषधि प्राप्तिमा असहज नहोस भन्ने मुल अभिष्ट सहित समितिका महासचिव श्रीजन झाको संयोजकत्वमा बनाईको औषधि सहजीकरण समितिले आज महासंघ काठमाडौं शाखाका सदस्य बिचारी चामलिङ्ग , आशाकाजी महर्जनलाइ आज नि:शुल्क औषधि उपलब्ध गराएको हो ।

लामो समय देखि पत्रकारितामा समर्पित रहदै पछिल्लो समय प्रदेश पार्षद समेत रहेका पत्रकार चामलिङ्गको २०६९ सालमा मृगौला प्रत्यारोपण गरि नियमित औषधि सेवन गर्दै आइरहेका छन । त्यस्तै मृगौला रोग पिडित फोटो पत्रकार महर्जन भने डायलासिस मार्फत उपचारको क्रममा रहेका छन । महासचिव झाले पत्रकारद्दयले नियमति सेवन गर्दै आएको र बजारमा उपलब्ध भएसम्मको औषधि औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यको सहयोगमा पत्रकार चामलिङ्गलाइ क्रमस Lotan 50 , Fstat 40, Dilzime 90, Mylode 10, Emsolone 5 र Pantop 40 त्यस्तै गरि पत्रकार महर्जनलाइ Siptin 500 Telma 40 उपलब्ध गराएको हो ।

यसअघि समितिले मिर्गौलापीडित पत्रकार बीके पाल्पाली र उनकी श्रीमती रेणुका भटटराइ ,महासंघ काठमाडौं शाखाका वरिष्ठ सदस्य चक्रपाणि नेपाल र सोहि शाखाका अर्का सदस्यत्रय नेत्र बहादुर हमाल, मनोज सार्थक संगै शाखाका पूर्व अध्यक्ष इश्वरी वाग्ले लगायतलाइ प्राप्त जानकारी अनुरुप औषधि व्यवसायीसंगको सहकार्यमा औषधि उपलब्ध गराउदै स्वास्थ्य लाभको कामना गरिएको थियो । औषधि हस्तान्तरणको क्रममा फोकल पर्सन सागर पन्त, महासंघ पत्रकारद्दय निरज रञ्जित, बैरागी जेठा , फोटो पत्रकार अनुप प्रधान लगायतको उपस्थिती रहेको थियो ।

यसैवीच महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले प्राप्त जानकारी अनुरुप सञ्चारकर्मीलाइ समितिको तर्फबाट सञ्चारकर्मीलाइ औषधि उपलब्ध गराउने सूची सकिएसंगै औषधि सहजीकरणको कार्य समेत तत्कालका लागि स्थगन गरिएको जानकारी दिदै सहजीकरण समितिका फोकल पर्सन सागर पन्त्र टेनिस रोका लगायत कोभिड संक्रमणको यस विषम अवस्थामा औषधि उपलब्ध गराउने मनकारी व्यक्तित्व सवैमा कृतज्ञता व्यक्त गर्नु भएको छ ।