संक्रमितकाे सङ्ख्या २ सय ४५ मात्रै छ : स्वास्थ्य मन्त्रालय

everest kitchen

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म २ सय ४५ मात्रै संक्रमित रहेकाे बताएको छ ।

बिहीबार बिहान १० बजेर १५ मिनेट जांदा सुचना जारि गर्दै स्वास्थ्य मन्त्रालयले यसअघि दिएकाे २ सय ५० जनाकाे भएकोमा ५ जना पुरानो कै डाटा दाेहाेरिएकाे बताएको छ ।

बिहीबार बिहान ७:४५ बजे स्वास्थ्य मन्त्रालयले २५० पुगेकाे सुचना निकालेको थियाे ।

आज ६ बर्षिया बालक र ३२ बर्षिया पुरुषमा संक्रमण देखिएकाे छ ।