खानपिन जम्घट भिडियोमा बिभिन्न टिप्पणी आएपछि रबि र दिपकराजकाे जवाफ

everest kitchen
photo: merofilm

काठमाडौं । लकडाउनका बिच नायिका पुजा शर्माको जन्म दिनकाे अवसरमा भाेज भनेर fबिभिन्न अनलाइन र सामाजिक संजालमा पोष्ट भएको एक भिडियो अहिले भाईरल छ ।

केहि चलचित्रकर्मीहरु संग पत्रकार रवि लामिछाने लगायत भेला भएर खानपिन गरेकाे उक्त भिडियाे र अनलाइनहरुमा प्रकाशित समाचारहरुलाई आधार बनाई केहि नकारात्मक टिप्पणीहरु भएको छ ।

धेरैले काेराेना महामारी र सरकारको आदेशलाई गम्भीर ढंगले नलिएको देखाएको बताएका छन । उक्त जमघटमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु दिपक राज गिरि, दिपाश्री निरौला, पुजा शर्मा, किरण केसी, अनुराग कुँवर, फिल्मी पत्रकार उत्सब रसाइली लगायतको उपस्थिति रहेको देखिन्छ ।

यस सन्दर्भलाई लियर रबि लामिछाने , दिपकराज लगायतले फेसबुकमा केहि प्रतिक्रिया जनाएका छन । उनीहरुकाे प्रतिक्रिया जस्ताको त्यस्तै :

फाटाे राख्दै रबि लामिछाने यस्तो लेख्छन् :

रबिले फेसबुकमा याे फाेटाे राख्दै स्टाटस राखेका छन् ।

खाना खाएको फोटोमा चर्चा चलेछ। पार्टी गरेको होइन,रमझमपनि होइन,सार्वजनिक स्थानमा भिड्भाड जम्मा गरेको पनि होइन।अत्यन्त सजग र सचेत हुँदै चिने जानेका साथीहरूको आग्रहमा,महत्त्वपूर्ण सल्लाह र छलफल सके पछि घर भित्रै ६/८ जना मात्रै भएको स्थानमा पाकेको/पकाएको खाना खाएका हौ।हामीले आफ्नो घरमा कसैलाई बोलाएर भोज,भतेर वा जमघट गरेका होइनौ।काम पछि, छलफल सकिए पछिको सामान्य खाना हो,साथीले श्रद्दाले पस्केर दिएको खाना।रमाइला साथीहरू भेट्दा र फोटो खिच्दा २ इन्ची बढी जरुर हासियो,गल्ती चाहिँ आवश्यक दुरि कायम गरिएन।भएको चाहिँ यत्ति हो।अस्तिबाट संक्रमितको संख्या बढेपछी हिजो कै कार्यक्रममा आफ्नै आलोचना गरेको छु।लकडाउनको शुरूवातका दिनमा जस्तो होसियार भैएन, हेलचेक्राइ गरियो,आज बाट म त सचेत हुन्छु तपाइ पनि सजग हुनुहोस् भनेको छु।सायद जसलाई माया गरिन्छ उसै बाट अपेक्षा गरिन्छ त्यसैले अन्यथा पटक्कै लिएको छैन।सबै आलोचनाहरुलाई स्विकार्दै आगामी दिनमा अझै बढी जिम्मेवार,सजग र सचेत हुने प्रयास गर्नेछु।आजपनि बिहान ७ बजेदेखि साझ ७ बजेसम्म स्टुडियो भित्र थिए। काम बाट ब्रेक लिएर आजपनि साथीहरूसँगै खाना खाएको छु,तर भोज वा पार्टी गरेको छैन, होइन । धन्यवाद !

दिपकराज गिरि यस्तो लेख्छन् :

आज म लेख्दैछू …
लगभग १०,१२ दिन राहत बॉड्न हिडियो होला त्यो फोटो कसैले छापेन, राहत बॉढेपछि बसेर खाना खाएको र हामिले नै खिचेर हालेको फोटो लाइ आधार बनाएर मसलायुक्त समाचार छापियो त्यस्को लागि धन्यबाद छ , केहि फ़िल्मी पत्रकार साथिहरूलाइ!!!
समाचारै लेख्दा अलि बुझेर लेख्या भए समाचार रमाइलो हुदैनथ्यो तपाइहरूको पिडा पनि बुझ्छू म ….
शनिवार भोज गरे भनेर लेखेका छन् साथिहरूले
जबकि त्यों फोटो सोमबारको हो
तपाइहरूको स्क्रिप्ट यहि बाट चिप्लिन सुरू भो
तपाइहरूले लेख्नु भएको स्क्रिप्ट मा केहि सत्य कुरा नि हालौ है त?
कुरा हो सोमबारको
जति बेला काठमान्डौमा लकडाउन केहि खुकुलो भएको थियो सडकमा मज्जाले गाडिहरू गुड्न थालेका थिए अनि हामि चलचित्रकर्मीहरू अनुरागजीले बितरण गरेको एक राहत कार्यक्रम मा सहभागी भयौ
दिनभर भोकाएका थियौ, पसलहरू बन्द थिए अत
अनुरागजी कॉहा नै खाना खाना जाने कुरा भयो
रबिजी लाइ मैले कल गरे उहॉ आउनु भयो सामान्य भोजन गर्यौ, न कुनै तडक भडक गर्यौ
न त्यो कुनै पार्टी नै थियो..
जहां सम्म रबी लामिछाने जी को कुरा छ , उहॉ लाखौ नेपालीहरूको आशाको केन्द्र हो , अत: उहॉ माथिको प्रहार गलत छ र त्यो आरोप मा एक रत्ती सत्यता पनि छैन
त्यो दिन पनि मैले कल गर्दा उहॉ आउन चाहनु भएको थिएन,
एक त धेरै लामो समय देखि हामि भेटेका थिएनौ
मैले नै उहॉलाइ यो परिस्थितिमा एक अर्का संग कसरी हातेमालो गरेर अघि बढ्न सकिन्छ छलफल पनि गरौ ,लकडाउन पनि अब खुकुलो हुने क्रममा छ भनेपछि उहॉ आउनु भयो , सामान्य खाना खायौ.. थुप्रै राम्रा योजनाको बारेमा छलफल पनि गर्यौ
त्यहि वेला ३४ जना नयॉ संक्रमित थपिएको समाचार आयो, रबिजीले नै भन्नु भयो “ ओहो अबस्था फेरीयो अब छुट्टिनु पर्छ अब हामि भिडियो च्याट मैं कुरा गरौला “उहॉ निस्कनु भयो
हामि पनि घर आयौ….मसला नभएको कथा चाहि यहि हो !!!
तैपनि हामि बाट एउटा गल्ति चाहि भयो
सडकमा खाना बॉडेको फोटो त फेसबुकमा हाल्नु हुदैन भन्ने हेक्का थियो तर साथिहरूले सामान्य खाना खाएको फोटो भने हाल्न पुग्यौ .. “लखर लखर हिडेर मदिरा पार्टी गरेर ,नॉचगान गरेर उच्छृंखलता प्रस्तुत गरेको अबस्था पनि होइन , राम्रो काम गरेर आएर खाना खाएको फोटो मात्रै हो ….. ब्याख्या आ आफ्नै ढंगले गर्न सबैलाइ छुट छ ….. जय नेपाल!!!

उत्सव रसाइली यस्तो लेख्छन् :

लकडाउनमा रवि लामिछाने लगायत कलाकारको भोज !’
सुन्दा अच्चम लाग्नु स्वभाविक हो । तर यो भोज नभएर सॉझको सामान्य खाना थियो । मेरै परिवारमा बिहान बेलुको नियमित रुपमा १० जनाको लागि खाना पाक्छ । त्यहॉ पनि हामी दश जना भन्दा बढी थिएनौं । सामान्य खानपिनलाई भोज या महाभोज भनेर अतिरंजित नगरौं । के यो लकडाउनमा रवि दाइले मात्र साथीभाइसंग बसेर भात खाएका हुन् ? आँखा चिम्म गरेर सोचौं, सम्झौं ।