नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ४६ पुग्यो

everest kitchen
तस्बिर : राेर्यटस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २४६ पुगेको छ ।

आज भरतपुर अस्पताल कोभिड -१ ९ प्रयोगशाला , भरतपुरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या एक ( १ ) छ । जो नवलपरासी ( ब.सू.पू ) , देवचुली न . पा . – १२ निवासी ४ ९ वर्षीय पुरुष रहेका छन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन ।

यसअघि २ सय ५० भनिएकोमा मन्त्रालयले विवरण सच्याएर २ सय ४५ उल्लेख गरेकोे थियोे ।