काेराेना प्रकाेप : मलेसियामा ६ हजारबढि संक्रमित हुदा ५ हजारबढी निकाे भए

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १२ पुगेकाे छ । आज बिहीबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १२ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ६ हजार ८१९ जनामा संक्रमण देखिएकाेमा ५ हजार ३५१ जनाले स्वास्थ्य लाभ गरेका छन । बिहीबार थप ४० जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे तथ्यांक अनुसार मलेसियामा सुधार स्थिर रहेकाे देखाउछ ।

हालसम्म मलेसियामा ५१ जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ , भने ३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । काेराेनाकाे कारण मलेसियामा कुनै नेपालीको पनि ज्यान गएकाे छैन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ९८ हजार ३२२ रहेकाे छ भने संक्रमितको सङ्ख्या ४४ लाख ४२ हजार ४६६ जनामा संक्रमण रहेकाे छ । १६ लाख ६८ हजार २५१ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म २ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३५ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।