तामाङ घेदुङ र तामाङ कलाकार मलेसियाकाे सहयोग

everest kitchen

क्वालालम्पुर । तामाङ घेदुङ मलेसिया र तमाङ कलकार संघ मलेसियाको यसअघि घाेषित सयुक्त राहत काेष अन्तर्गत मलेसियामा दुई श्रमिकलाई खाद्यान्न सहयोग गरेकाे छ ।

काेराेना नियन्त्रणकाे लागि मलेसियामा जारि आवागमन नियन्त्रण आदेश (एमसिओ) र नेपालमा जारी लकडाउनकाे कारण नेपाल फर्कन नपाएका दुई श्रमिकलाई संघले खाद्यान्न उपलब्ध गराएकाे हाे । उनीहरु घर फर्न तयारि भएकाले केहि भएकाे पैसा पनि सकिएकाे, राेजगारि पनि नभएकाे र राेजगारदाताले पनि जिम्मेवारी नलिएपछि खाद्यान्न जाेहाे गर्न समस्या भएकाे उनिहरुले बताएका छन ।

पिडितहरु बारे जनकारी पाएपछि अभियानको प्रतिनिधि तामाङ घेदुङ संघ मलेसियाका सचिव तथा तमाङ कलाकार संघ मलेसियाका कोषाध्यक्ष छिवाङ तामाङ उक्त ठाउमा पुगि खाद्यान्न राहात बितरण गरेको तमाङ घेदुङ संघ मलेसियाका महासचिव सबिन लोप्चनले जानकारी दिए ।

मलेसियामा समस्यामा परेकालाई तामाङ घेदुङ मलेसिया र तमाङ कलकार संघ मलेसियाले संयुक्त रुपमा सहयोग गर्ने गरिरहेका छन ।