सशस्त्रको टाेलीकाे कालापानी सिमा आसपास सुरक्षा गस्ती सुरु

everest kitchen
photo :rss

काठमाडौं । बुधबार देखि दार्चुलामा स्थापना गरिएकाे सशस्त्र प्रहरीको सिमा सुरक्षा (पिओपी) ले कालापानी आसपास सुरक्षा गस्ती सुरु गरेकाे छ ।

बिहिवार सशस्त्रकाे प्रहरी टाेलिले महाकाली नदि र सिमा आसपासका क्षेत्रहरुमा गस्ती सुरु गरेकाे छ । उक्त टाेलि संगै त्यहाँ पुगेका गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राई र भारतीय एसएसबीका प्रतिनिधि बिच कुराकानी भएकाे बताएको छ ।

भारतले नेपाली भुमि अतिक्रमण गरि तिब्बतको मानसरोवर जाने सडक बिस्तार गरेपछि नेपाल सरकारले सशस्त्र प्रहरी बलकाे टाेलि त्यहाँ पठाएको हाे । उक्त टाेलि त्यहाँ बाेर्डर आउट पाेष्टकाे रुपमा रहनेछ ।