नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ५८ जना पुगे

everest kitchen


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २५८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं र भेरी अस्पताल , नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या नौ ( ९ ) रहेकाे छ । जो मकवानपुर निवासी ३७ वर्षीय पुरुष ; बाँके , नैनापुर -०१ , ०३ र ०५ निवासी १८. २० , २२ , २५ , २५ , २७ , ३२ . ३६ वर्षीय पुरुषहरू रहेका छन।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे छ , भने उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाे उल्लेख गरिएकाे छ ।