पर्सामा काेराेना संक्रमित भागेमा सुरक्षाकर्मीले गाेली हान्ने

everest kitchen


वीरगन्ज । पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन्। बुधबार दुई संक्रमित भागेपछि यस्तो निर्णय गरिएकाे हाे ।

बुधबार पर्सा जिल्लाकाे संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै यस्तो निर्णय गरेकाे हाे । कुनै पनि संक्रमित व्यक्ति अस्पतालबाट भागेमा सुरक्षाकर्मीले बल प्रयोग गर्न पाउनेछन् । सुरक्षाकर्मीहरूले अस्पतालबाट भाग्ने कोरोना संक्रमित जाे काेहिलाई पनि गोली हान्ने अधिकार दिएको बैठककाे निर्णयमा उल्लेख रहेकाे छ ।

अस्ति बुधबार नारायणी अस्पताल वीरगन्जबाट ट्वाईलेटकाे भेन्टिलेसन फाेरेर दुई जना संक्रमित भागेका थिए । उनीहरुलाई साेही दिननै पक्राउ गरिएकाे थियाे ।