मलेसियामा थप ९ जना नेपालीमा कोरोना संक्रामण पुष्टि

everest kitchen

क्वालालम्पुर । मलेसियामा  फेरी ९ जनालाई कोरोना संक्रामण भएको पुष्टि भएको छ ।

मे ७ तारीख एकै ठाउमा काम गर्ने ९ जना नेपाली सेक्युरिटी गार्डलाई संक्रामणको पुष्टि भएको थियो । अन्यलाई भने मे ८ तारीख देखि होस्टेल मै क्वारेन्टाइनमा राखिएको थियो । त्यस ठाउमा जम्मा ७० जना नेपाली सेक्युरिटी गार्डहरु कार्यरत थिए ।

होस्टेलमा क्वारेन्टाइनमा राखिएका ६१ जना नेपाली सेक्युरिटी गार्डहरुलाई मे ११ तारीखबाट साहाआलामको एक होटेलमा क्वारेन्टाइनमा राखि कोराेना भाईरसको परिक्षण गरिएको थियो । उक्त परिक्षणको आज शुक्रबार  रिपोर्ट आउदा थप ९ जनालाई संक्रामण पुष्टि भएको हो ।

साथै मे ७ मा संक्रमित भएका मध्य ५ जना आजै डिस्चार्ज भएको पनि साेहि सेक्युरिटी कम्पनीमा कार्यरत एक नेपालीले जानकारी दिए ।

याे संगै मलेसियामा ६० जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ ।