गाेकर्णेश्वर गणेश मन्दिरको मुर्ति तथा दानपेटिका चाेरि गर्ने पक्राउ

everest kitchen

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ गणेशनगरस्थित आनन्द गणेश मन्दिरभित्र रहेको भालेश्वर महादेवको ढलोटको मूर्ति तथा मन्दिर दानपेटीकामा रहेको नगद चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली साङवाले गाउँपालिका घर भई हाल कपन बस्ने १९ वर्षीय सुजन तामाङ र भोजपुर घर भएका कपन बस्ने २० वर्षीय पृथ्वी बिक रहेका छन् ।

लकडाउनको मौका छोपी रातको समयमा बिगत केही समय देखि काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा भएका चोरीका घटनालाई न्यूनिकरण गर्नको लागी महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार राति उनीहरूलाई उक्त मन्दिरको मुलढोका फोरी उक्त मूर्ति तथा मन्दिरको दानापेटिकामा रहेको १७ हजार रुपैयाँ चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूको साथबाट मूर्ति र नगदको साथै चोरीमा प्रयोग गरेको रड १ थान, पेचकस १ थान, मोबाइल १ थान समेत बरामद भएको उक्त महाशाखाले जनाएको छ ।

#नेपाल _प्रहरी