काेराेना : मलेसियामा शुक्रबार मर्नेकाे सङ्ख्या शुन्य, नयाँ संक्रमित ३६ जना

everest kitchen
क्वालालम्पुर स्थित केहि स्थानमा सुरक्षा सतर्कताकाे लागि तारबार 

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३६ जना रहेकाे छ । याे तथ्यांक अनुसार मलेसियामा केहि सुधार देखिन्छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११२ रहेकाे छ । ६ हजार ८५५ जनामा संक्रमण रहेकाेमा ५ हजार ३३९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ३ हजार ६३६ रहेकाे छ भने संक्रमितको सङ्ख्या ४५ लाख ४१ हजार १४८ जनामा संक्रमण रहेकाे छ । १७ लाख ११ हजार ८७८ जनाले स्वास्थ्य लाभ गरेका छन ।

मलेसियामा हालसम्म ६० जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ, भने ८ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । बांकीकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएको छ ।

नेपालमा अहिलेसम्म २ सय ५८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३५ जना डिस्चार्ज भएका छन ।