काठमाडौंकाे गल्लीमा पनि पैदल हिड्न नपाईने

everest kitchen

काठमाडौं । काठमाडौं लगायतका बिभिन्न स्थानमा काेराेना संक्रमितको सङ्ख्या बढे संगै सरकारले कडा गर्ने निर्णय गरेकाे छ ।

काठमाडौं जिल्ला प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ । कोभिड -१ ९ को संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउने सम्बन्धमा गृह मन्त्रालयबाट प्राप्त निर्देशनहरु तथा जिल्ला सुरक्षा समिति काठमाडौको बैठकले यस्तो निर्णय गरेको हाे ।

अबदेखि काठमाडौंमालएम्बुलेन्स , शव बाहन , औषधी तथा स्वास्थ्या सामग्रीहरु , सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु , पेट्रोलियम पदार्थ , ग्याँस , सबै प्रकारका खाद्य वस्तु , पशुपंक्षीजन्य आहारा , खसी बोका , राँगा , कुखुरा , माछा , तरकारी , फलफूल , निर्माण सामग्रीहरु बोकेका सवारी साधनहरु सवारी पास विना हिडन पाउने छन ।

त्यस्तै अनुमति बेगरका पास बिनाका सवारी साधनहरुलाई र पैदल यात्रुहरुलाई काठमाडौं प्रवेश निषेध गरिएको छ ।