नेपालमा पहिलोपटक काेराेनाकाे कारण एकजनाको मृत्यु ,संक्रमित २ सय ८१ पुगे

everest kitchen
photo :file

काठमाडौं । नेपालमा काेराेनाकाे कारण पहिलोपटक एकजनाकाे मृत्यु भएकाे छ । सिन्धुपाल्चोक निवासी एकजना सुत्केरी महिलाको बिहीबार मृत्यु भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला , वैशाख २३ गते त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएकी थिईन । उनी २४ गते सुत्केरी भएको र २५ गते अस्पतालबाट डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर गएकी थिईन । घर पुगेसंगै उहाँलाई ज्वरो , श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनकाे बिहीबार धुलिखेल अस्पताल काभ्रेमा थप उपचारका लागि आउंदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस सम्बन्धमा थप विस्तृत विवरण लिईएको र कोभिड -१९ संग सम्बन्धित थप परिक्षण पश्चात् नेपालमा कोभिङ -१ ९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको मन्त्रालयले पुष्टि गरेको हाे ।

त्यस्तै मन्त्रालयकाे अध्यावधिक विवरणअनुसार कोभिड -१९ का थप नयाँ २ जनामा पुष्टि भएपछि संक्रमितकाे संख्या २८१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको संख्या दुई ( २ ) रहेको छ । जो धनुषा निवासी २० , ६५ वर्षीय पुरुषहरू रहेका छन।