रौतहटमा फेरि १० जनामा काेराेना, संक्रमितको सङ्ख्या २ सय ९१ पुग्यो

everest kitchen

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिङ -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या २ ९ १ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या दश ( १० ) रहेको छ । जो रौतहट राजपुर न.पा. फरहदवा – ९ निवासी १८ , ३२ , ३६ , ३ ९ , ३ ९ , ४२ , ४८ पुरुषहरू र रौतहट इशनाथ न . पा . – ३ , ५ निवासी २८ , ३० , ३३ वर्षीय पुरुषहरू रहेका छन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनिहरूको स्वास्थ्य अवस्था सामान्य छ , भने उनिहरूलाई अस्पताल ल्याउने कार्य सुरु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमन पहिलोपटक बिहीबार एक जना सुत्केरि महिलाको काेराेनाकाे कारण मृत्यु भएको छ ।