सडक स्वयंसेवक र युटुवरकाे हर्कत बारे प्रेस काउन्सिलकाे ध्यानाकर्षण पत्र

everest kitchen

काठमाडौं । केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई अगाडि बढाएको प्रेस काउन्सिल नेपाल बताएको छ ।

काउन्सिलले ध्यानाकर्षण पत्र जारि गर्दै भनेकाे छ, “कोरोनाको कहरबीच मिडियाकर्मीहरूलाई अधिकभन्दा अधिक सहुलियतको निम्ति हामी प्रयत्नशील छौ ! सङ्गसङ्ग केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई समेत एउटा टुङ्गोमा नपुयाइनहुने अवस्थामा सरोकारवाला सबै निकायहरूसँग छलफलमा छौं । पत्रकार आचारसंहिताभित्र रहेर गरिएका गतिविधिमा कुनै मानवीय त्रुटि हुन गए सच्याउने विधि र प्रक्रिया छन् । आफै नियम कानूनको परिधिभित्र नरही गैहपेशागत र गैह्रकानूनी हर्कत गर्दाको हकमा आइपर्ने समस्याको जिम्मेवारी स्वयंले लिनुपर्ने व्यहोरा दुःखका साथ अवगत गराउन बाध्य छौं ।

साथै सीमा नाघेर गरिने कर्मलाई प्रेस स्वतन्त्रताको रूपमा नबुझिदिनसमेत बिनम आग्रह गरेकाे छ ।

यस्तै कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्वीर र वैयक्तिक विवरण राखी सामाजिक सञ्जालमा पोष्ट भएका , अनलाइन सञ्चामाध्यमहरूबाट सम्प्रेषण भएका घटनाहरूप्रति पनि काउन्सिलको ध्यानाकर्षण भएको बताउदै उक्त कुरा पिडितलाई थप पिडा दिने बताएको छ । यस्तो गतिविधि पत्रकारिता आचारसंहिता भित्र नपर्ने काउन्सिल उल्लेख गरेकाे छ ।