विदेशमा अलपत्र नेपालीलाइ उद्धार गर्ने बारे सरकारकाे तयारी

everest kitchen
photo file

काठमाडौं । कोरोनाभाइरसका कारण भारत, मलेसिया तथा खाडी मुलुकमा राेकिएका नेपालीलाई उद्दार गर्ने प्रस्ताव गरिएको छ।

काेराेना राेकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरिय समन्वय समितिले मन्त्रिपरिषदमा विभिन्न मुलुकमा रहेका अलपत्र नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउने बारे प्रस्ताव गरेकाे छ ।

के-कति सङ्ख्या ल्याउने, कसरी ल्याउने र के व्यवस्था गर्ने भन्ने बारे भने स्राेतले खुलाएकाे छैन ।

यस्तै यसअघि पहिलोपटकमा अति समस्या रहेका करिब ३५ हजार जति नेपाली ल्याउने कार्ययोजना तयार गरेकाे बताएको थियाे ।