छतबाट खसेर मलेसियामा सुर्यमान गुरुङको मृत्यु

everest kitchen


क्वालालम्पुर । मलेसियामा एकजना नेपालीको घरकाे छतबाट खसेर मृत्यु भएकाे छ । गोर्खाका सुर्यमान गुरुङकाे ४ तला माथीबाट खसेर मृत्यु भएको हाे ।

गोर्खाकाे धार्चे गाउपालीका निवासी सुर्यमान गुरुङ आईतवार सांझ ७ बजे तिर मलेसियाकाे शाहआलाम स्थित आफ्नै होस्टेलको ४ तला माथीबाट खसेर मृत्यु भएको मृतक संगै काम गर्ने नेपाली साथीहरूले जानकारी दिए । दिउँसो संगै बजार घुमेर होस्टेल फर्केर आ-आफ्नो रुममा पसे पछि सुर्यमान होस्टेलको रेलिङ तिर गएको रहेछ रेलिङको टायल र रडहरु मकिएकोले खसेको संगै कार्यरत उनका एक नेपाली  साथिले बताए ।

सुर्यमान बिगत ५ बर्ष देखि मलेसियाको शाहआलाम स्थित सेक्सन १५ को जेफोली एसएनडि बिएचडि कम्पनीमा कार्यत थिए । दुई महिना पहिले मात्रै घर बिदामा नेपाल गएर फर्केका थिए । सुर्यमान तमु समाज मलेसियाका सकृय सदस्य समेत रहेका थिए ।

यस घटनामा कुनै आसंका नरहेको तमु समाज मलेसियाका महासचिब दिल तमु गुरुङले जानकारी दिएका छन । अहिले उनको शवलाई पोस्टमार्टमको लागि नजिकैको एक हस्पिटलमा राखिएको छ ।