रौतहट,बारामा गरि थप ९ जनामा काेराेना, नेपालभर संक्रमित ३ सय ४ पुगे

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या ३०४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या नौ ( ९ ) रहेकाे छ । जो रौतहट , इशनाथ न.पा. – २ , ३ ६ र ९ निवासी २१ , २१ २३ , २५ , २५ , २ ९ , ३० बर्षीय पुरुषहरू र रौतहट माधवनारायण न . पा . – ३ निवासी २८ वर्षीय महिला हुनुहुन्छ ; बारा , करैयामाई -५ निवासी ३८ वर्षीय पुरुष रहेका छन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ।