भारतमा काेराेनाबाट ९६ हजार बढी संक्रमित, ३ हजार बढीको मृत्यु

everest kitchen


ऐजेन्सि । भारतमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ४२ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । याे सङ्ख्या कोरोना पुष्टि भएयताकै सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुुष्टि भएको हो ।

हालसम्म भारतमा संक्रमितको संख्या ९६ हजार १ सय ६९ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २९ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये ३६ हजार ८ सय २३ जना निको भएर घर फर्किएका छन । याे तथ्यांकअनुसार भारतमा काेराेना संक्रमितको सङ्ख्या अत्यधिक बढेकाे छ , भने चीन भन्दापनि पनि बढी संक्रमित भारतमा रहेका छन ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । अहिलेसम्म महाराष्ट्रमा ३३ हजार ५३ जना संक्रमित भएका छन् भने एक हजार १ सय ९८ जनाको मृत्यु भएको छ ।

त्यस्तै गुजरातमा ११ हजार ३ सय ७९ जना संक्रमित भएका छन् भने ६ सय ५९ जनाको मृत्यु भएको छ । तमिलनाडुमा ११ हजार २ सय २४ संक्रमित र ७८ जनाको मृत्यु भएको छ । दिल्लीमा १० हजार ५४ जनामा संक्रमण पुष्टि हुँदा एक सय ६० जनाको मृत्यु भएको छ । राजस्थानमा ५ हजार २ सय २ जनामा संक्रमण पुष्टि भएको छ भने एक सय ३१ जनाको मृत्यु भएको छ ।