गुल्मीमा पनि काेराेना पुष्टि, बाँकेमा ४७ सहित ३ सय ५७ जनामा काेराेना पुष्टि

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोरोनाको अर्को केन्द्र बिन्दु बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ भएको हाे । हिजो मात्र कोरोनाका कारण बाँकेमा नै एक युवकको निधन भएको थियो ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

योसँगै संक्रमितको संख्या ३ सय ५७ पुगेको छ। जसमा २ जनाको निधन भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।