लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित

everest kitchen


काठमाडौं । सोमबारको मन्त्रिपरिषद्‍ बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाका अनुसार  भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो । १८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ  ।

सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो । घोषणा गरेको ४ दिनमा सोमबारको मन्त्रिपरिषद बैठकले  नयाँ नक्सा प्रकाश गर्ने निर्णय गरेको छ ।