दैलेख, बाँके सहित बिभिन्न जिल्लामा थप १८ जनामा काेराेना

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ३७५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं , बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , धरान ; भेरी अस्पताल , नेपालगंज , कोशी अस्पताल , बिराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या अठार ( १८ ) रहेको छ । जो धनुषा निवासी २ जना पुरुषहरू ; खोटाङ , हलेसी निवासी १ जना पुरुष ; बाँके , नरैनापुर निवासी १२ जना पुरुषहरू ; दैलेख , आठबिस -१ निवासी १ जना पुरुष ; सुनसरी निवासी १ जना पुरुष ; झापा निवासी १ जना पुरुष हुनुहुन्छ ।

योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ। जसमा २ जनाको निधन भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ।