देश,विदेशमा रहेका तामाङ कलाकारहरूको नेपालमा राहत काेष स्थापना

everest kitchen
काेष दाताहरु

काठमाडौं । कोरोनाको संक्रामणको कारण बिश्व भर नै जनजीवन प्रभावित भएको छ । यो विषम परिस्थितिमा पेसा तथा ब्यबसाय बन्द भएको कारण दुई छाक टार्न पनि धेरै मानिसहरुलाई समस्या परिरहेको बेला नेपाल तामाङ कलाकार समुहले राहत कोष खडा गर्ने थालेको छ ।

तामाङ फिल्म चरचित लेखक तथा नायक ऋतुराज पाख्रिन र चरचित नोर्देशक अजय स्याङ्तानको संयोजकत्वमा राहत कोष स्थापना गर्ने कार्य शुरुवाट गरेका छन । जसमा देश तथा बिदेशमा रहेका तामाङ कलाकारहरुलाई समेटेर विभिन्न देशका १८ जना अभियानता सदस्य रहेको छ । हाल सम्म १ लाख २६ हजार भन्दा बढि उक्त कोषमा रकम जम्मा भैसकेको नायक तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानले जानकारी दिए ।

साथै कहि कसैलाई  पनि खाद्यान्न अभाबको समस्या छ भने ९८१८६३५३४७ मा सम्पर्क गरि राहत लिन पनि नायक मोक्तानले आग्रह गरे ।