माेटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा चा‌धरीकाे मृत्यु

everest kitchen
photo file

कञ्चनपुर। कञ्चनपुरमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । आफैंले चलाएको माेटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका माेहन चाैधरिकाे उपचारको क्रममा मृत्यु भएकाे हाे ।

 भिमदत्त नगरपालिका-७ कांङलापुल सडकमा मोटरसाइकल दुर्घटनामा परी बेतकोट नगरपालिका-३ सामादैजी बस्ने ४० वर्षीय मोहन चौधरीको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले हाँकेको म.२ प ९५२७ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।