काेराेना प्रकाेप: मलेसियामा साेमवार मृत्यु सङ्ख्या शुन्य, नयाँ संक्रमित ३१ जना

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३१ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११४ रहेकाे छ । ७ हजार ९ जनामा संक्रमण रहेकाेमा ५ हजार ७०६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा हालसम्म ५४ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । भने १३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । बांकी स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएको छ । यसअघि केहि नेपालीमा काेराेना संक्रमणकाे आंशका गरिएपनि पुष्टि भएकाे छैन ।