बाँकेमा २१ जना संक्रमित एकैसाथ डिस्चार्ज

everest kitchen


नेपालगन्ज । बाँकेमा उपचाररत २१ जना काेराेना संक्रमित निकाे भएका छन । खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनबाट निकाे भएपछि उनीहरूलाई घर पठाएको हाे ।

नेपालमा ठूला सङ्ख्यामा काेराेना संक्रमित डिस्चार्ज भएकाे याे पहिलोपटक हाे । उक्त अस्पतालमा उपचाररत २७ जना मध्ये २१ जना निकाे भई घर फर्केका हुन । जसमा ९ जना महिला , ३ बालक र १२ जना पुरुषहरू रहेकाे अस्पतालले जनाएको छ ।

उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका रहेका छन । पहिलोपटक बाँकेकाे उक्त टाेलमा ६० बर्षिया पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे थिए । उक्त घरफर्कने समुहमा पहिलो संक्रमित ६० बर्षिया पुरुष पनि रहेका छन।

याे संगै नेपालमा डिस्चार्ज हुनेकाे सङ्ख्या ७० पुगेकाे छ भने ४ सय ८७ जनामा संक्रमण पुष्टि भएकाे छ ।

बाँकेमा हालसम्म १ सय १ जनामा काेराेना पुष्टि भएकामध्ये नैनापुरका २५ बर्षिया युवकको मृत्यु भएकाे थियाे । उनिसहित नेपालमा गुल्मीका ४१ बर्षिया पुरुष र सिन्धुपाल्चोककी २९ बर्षिया महिलाको काेराेनाकाे कारण मृत्यु भएकाे थियो ।