शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि,

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिङ -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ५ सय ४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार फेरि थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ।

संक्रमण पुष्टि भएका ५ सय ४७ मध्ये हालसम्म ७० जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक , बाँकेमा एक र गुल्मीमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।