बेलहिया नाकाबाट १ हजार बढि नेपाली स्वदेश भित्रिए

everest kitchen


काठमाडौं । रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार राति मात्रै बाह्र सय जना नेपाली स्वदेश फर्किएका छन् ।

भारतको नौतनवाका विभिन्न क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेर नाकामा आइपुगेका विभिन्न जिल्लाका नेपालीहरु नाकामा बिहिवार रातभरि स्वदेश फर्कन पाउनुपर्ने मागसहित नाराबाजी गरेका थिए ।

जसमध्ये चार सय ३० जना रुपन्देहीकै पालिकाका क्वारेन्टाइनमा बसेका छन्, । बाँकी सबै नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, सर्लाही, झापा, धादिङ लगायत जिल्लाका नागरिकहरुलाई स्थानीय तहले जिम्मा लिएर गएकाे रुपन्देही प्रमुख एसपी हेमकुमार थापाले बताए ।

उनका अनुसार भारतले रेल सञ्चालन गरेपछि दैनिक करिब ८/९ सय नेपालीहरु सिमानामा आउने गरेका छन ।