जन्मदिन पार्टि मनाउदा मलेसियामा ८ जना पक्राउ

everest kitchen
मलेसियाको ईपाे-पेराक, / फाेटाे: गुगल फाईल

क्वालालम्पुर । मलेसियाकाे ईपाे-पेराक राज्यकाे सिटि वान स्थित एक कम्पनीबाट ८ जना नेपाली श्रमिकहरु पक्राउ परेका छन ।

शुक्रबार राति १२:३० बजे तिर साथिकाे जन्मदिनको अवसरमा खानपिन सहित रमाईलाे गर्दा हाे-हल्ला भएकाे भन्दै छिमेकीले पुलिसलाई खबर गरेपछि उनीहरू पक्राउ परेकाे उक्त कम्पनीमा कार्यरत एक नेपालीले जानकारी दिए ।
उनीहरू इपो-पेराक सिटि वान स्थित एमएफएम (MFM) नामक मैदा कम्पनिमा कार्यरत रहेका थिए ।

उक्त कम्पनिमा कार्यरत अन्य नेपाली श्रमिकका अनुसार कम्पनी मालिकले उनीहरूलाई छुटाउन पहल गरिसकेको र मलेसियामा परेकाे हरिरायकाे कारण केहि ढिलाइ भएकाे बताए ।

मलेसियामा आवागमन निषेध कानुन जुन ९ तारिकसम्म लागू रहेकाे र यश कानुनलाई पालना नगरे विदेशि मात्र नभएर स्थानिय नागरिकलाई पनि कानुनि कारवाहि गर्ने गरेकाे छ ।