कोरोना: मलेसियामा आइतबार पनि मर्नेकाे सङ्ख्या शून्य, नयाँ संक्रमित ६० जना

everest kitchen

 

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६० जना रहेकाे छ । गएकाे शनिबार पनि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे थियाे ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार २४५ जनामा संक्रमण रहेकाेमा ५ हजार ९४५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा हालसम्म ५४ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ४४ हजार २३५ रहेकाे छ भने संक्रमितको सङ्ख्या ५४ लाख २० हजार १०६ जनामा संक्रमण रहेकाे छ । २२ लाख ५४ हजार ८९३ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ३ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै ५८४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ७० जना डिस्चार्ज भएका छन ।