प्रहरीमाथि हातपात गर्ने भक्तपुरको छुट्टाछुट्टै स्थानमा चारजना पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाबाट ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बा.१८ च ५८२५ नम्बरको कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जिबन खनाल, भक्तपुर गोलमडी बस्ने ३१ वर्षीय योगेन्द्र लाखाजु र सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने ४१ वर्षीय उपेन्द्र घिमिरे रहेकाे प्रहरीले जनाएको छ ।

सोही ठाउँमा महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट ड्युटीमा खटिएको प्रहरीले सूर्यविनायकबाट घ्याम्पेडाँडातर्फ जाँदै गरको उक्त कारलाई जाँच गर्दा मादक पदार्थ सेवन गरी कारमा सवार उनीहरुलाई सम्झाई बुझाई गर्ने क्रममा वादविवाद गरी प्रहरीलाई हातपात गरेकाे बताएको छ ।

त्यस्तै , सूर्यविनायक नगरपालिका-६ घलाते चोकमा प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर बडिखेल बस्ने २५ वर्षीय विकेस श्रेष्ठलाई पनि शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका विकेसले उक्त ठाउँमा ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।