भारतमा कोरोना संक्रमित १ लाख ३९ हजार बढी, ४ हजारबढीको मृत्यु

everest kitchen

ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये १० अौं स्थानमा रहेकाे छ ।

भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३९ हजार  ४९ पुगेको छ भने ४ हजार २४ जनाको मृत्यु भएकाे छ । संक्रमणबाट निको भएका बिरामीको संख्या ५७ हजार ७२१ जना रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  हाल भारतमा ७७ हजार ३०४ जना कोरोना संक्रमित उपचाररत रहेका छन ।

काेराेना बाट सबैभन्दा बढी प्रभावित भारतको महाराष्ट्र राज्य रहेको छ । यहाँमात्र ५० हजार  २३१ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १६ हजार २७७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्  । गुजरातमा १४ हजार ५६ संक्रमति रहेका छन्  । दिल्लीमा १३ हजार ४१८ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा काेराेनाभाईरस राेकथाम तथा नियन्त्रणका लागि करिब दुई महिना यतादेखि लकडाउन जारी रहेको छ । भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ  ।