मृत्यु भईसकेकाे ८ दिनपछि काेराेना पुष्टि

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनकाे गएकाे जेठ चार गते मृत्यु भएकाे थियाे । मृत्यु भएकाे आठ दिनपछि काेराेना पाेजेटिभ देखिएकाे हाे ।

मृतककाे साेहिदिन अन्तिम संस्कार गरिएकाे थियाे । उनकाे मृत्यु संस्कारमा उपस्थित अन्यकाे पनि परिक्षणकाे लागि स्वाव सङकलन भईसकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देबकाेटाले जानकारी दिए ।

उनका अनुसार मृतकको श्वासप्रश्वासमा समस्या देखिएकाे थियाे । उनकाे सम्पर्कमा आएका ६ जनामा यसअघिनै काराेना देखिएकाे थियाे ।