धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या गर्ने पक्राउ

everest kitchen

उदयपुर । उदयपुरमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।

श्रीमती हत्याको अभियाेगमा रौतामाई गाउँपालिका-८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

मादक पदार्थ सेवन गरी तामाङले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस घटना बारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।