हात्ती धपाउन लाग्दा एक भारतीय युवाको मृत्यु

everest kitchen
photo file

झापा । झापामा एक भारतीयकाे हात्तीको आक्रमणबाट मृत्यु भएकाे छ । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका उनको हात्तीको आक्रमणमा मृत्यु भएको हाे ।

सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले पुष्टि गरे ।

हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेपछि उनको मृत्यु भएको थियाे ।