रुकुम घटनाका दोषीलाई कारबाही गर्न जनार्दन शर्माको माग

everest kitchen

काठमाडौं । पूर्वगृहमन्त्री तथा सांसद जनार्दन शर्मा “प्रभाकर” ले रुकुम घटनाका दोषीमाथि कारबाही गर्न माग गरेका छन ।नेता शर्माले फेसबुकमा लेख्दै यस्तो माग गरेका हुन ।

उनलेे फेसबुकमा लेख्दै भनेका छन ” देश कोरोनाको महामारीको अबधिमा समेत विभिन्न अपराधीक  घटनाहरु घटिरहेका छन। यस्तो बेला अनुसन्धान र कार्वाही प्रक्रियालाई गम्भीर रुपले लिन जरुरी छ । मिति २०७७/०२/१० मा चौरजहारी न.पा वडा न.८ सोतिमा घटेको गम्भीर घटना प्रती दुख व्यक्त गर्दछु । मृतकप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घटनाको  सत्य तथ्य पत्ता लगाइ  दोषीमाथी कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछु उनलेे भनेका छन ।

त्यस्तै अनुसन्धानमा सहयोग पुर्याउन,तथ्य सबैका सामु ल्याउन स्थानीय सरकार,पार्टी लगायत सरोकार वाला सबैलाई स्थलगत निरीक्षण गर्न समेत उनलेे आग्रह गरेका हुन  ।

कथित तल्लो जातको युवाले माथिल्लो जातकी युवती भगाउन खोजेको भन्दै पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार राति भएको घटनामा दुलहा नवराज विक र जन्ति गएका  टिकाराम सुनारको हत्या भएकाे थियाे  ।

प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका-४ का २१ वर्षिय युवा नवराज विककी चाैरजाहारि नगरपालिका साेति निवासी मल्ल थरकी  प्रेमिकालाई  लिन भनी १९ जना युवा आएपछि उक्त घटना घटेकाे हाे ।