मलेसियामा जेलमा रहेका ३ जना नेपालिमा काेराेना

everest kitchen

ऐजेन्सी । मलेसियामा थप तीन जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । बिभिन्न तीन स्थानका बन्दिहरुमा परिक्षण गर्दा काेराेना पुष्टि भएकाे हाे ।

मलेसियाकाे बुकित जलिल, सिमाेनिया र सेपाङ स्थित बिभिनन् तीन स्थानहरुकाे अध्यागमन बिभागकाे घर फिर्ति केन्द्रहरुमा गरिएकाे परिक्षणमा ३ जना नेपालीमा पनि संक्रमण पुष्टि भएकाे मलेसियन स्वास्थ मन्त्रालयले उल्लेख गरेकाे छ ।

सोमबार १७२ जना संक्रमित भेटिएकोमा ११२ जना घर फिर्ती केन्द्रमा रहेका विदेशी नागरिकहरुमध्येमा तीन जना नेपाली पनि रहेका छन ।

मलेसियन अध्यागमन बिभागका अनुसार घरफिर्ती केन्द्रमा रहेका आप्रवासीहरुमा सोमबारसम्म २२७ जनामा काेराेना पाेजेटिभ देखिएकाे उल्लेख गरिएको छ । जसमध्ये बंगलादेशी ५३ जना, भारतीय ४१ जना, ईन्डाेेनेसियन ३८जना , म्यानमार ३७ जना, पाकिस्तान २८ जना, चीनिया १७ जना, कोम्बोडियन ४ जना नेपाली ३ जना, श्रीलंकाली २ जना र फिलिपिन्स , लिविया,ईजिप्ट र सिरियाका एक-एक जना नागरिकका काराेना देखिएकाे हाे ।

मलेसियामा यसअघि पनि थुप्रै विदेशीमा काेराेना पुष्टि भैसकेको छ ।

याे संगै मलेसियामा हालसम्म ५६ जना नेपालीमा कोरोना पुष्टि भएकाे छ भने १३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।