सरकार, यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ? : प्रकाश सपुत

everest kitchen


कथित तल्लो जातको युवाले माथिल्लो जातकी युवती भगाउन खोजेको भन्दै पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार राति भएको घटनामा जाजरकोटका नवराज विक र जन्ति गएका टिकाराम सुनारको हत्या भएकाे खबर बाहिरीएपछि सर्वत्र बिराेध भएकाे छ ।

यस्तैमा गायक प्रकाश सपुतले पनि “म एक स्वाभिमानी नेपाली यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ? भनेर सरकारलाई प्रश्न गर्दै लेखेका छन्। साथै दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद भएको उनलेे उल्लेख गरेका छन् ।

उनले फेसबुकमा मृतक प्रति श्रद्धाञ्जली दिदै यस्तो लेखेका छन :

सरकार !
खुकुरी उदाएर निस्किएकै हो !
जान्छु देशको सिमानामा र थापिन्छु !
कि काट्छु कि काटिन्छु भनेर !
तर रुकुम पुगेर रोकिए !
सरकार !
त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि ?
जातिए विभेदको !
वर्गिय विभेदको !
सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदै
देशको सिमानामा पुग्न ढिलो भए भने
म राष्ट्रवादी मानिन्छुकि मानिन्न सरकार ?
देशभक्त मानिन्छु कि मानिन्न ?
सरकार !
उत्तर दिईहाल्नु भयो भने
यसको उत्तर पनि दिनु होला ।
म एक स्वाभिमानी नेपाली
यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?