कोरोना: मलेसियामा मंगलबार पनि संक्रमित बढे, नयाँ संक्रमित १ सय ८७ जना

everest kitchen

 

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १८७ जना रहेकाे छ । गएकाे शनिबार, आईतवार र सोमबार पनि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे थियाे ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ६०४ जनामा संक्रमण रहेकाेमा ६ हजार ४१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा हालसम्म ७१  जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । जसमध्ये आजमात्रै थप १३ जना नेपाली सेक्युरिटी गार्डमा काेराेना पुष्टि भएकाे हाे । मलेसियामा १३ जनाले स्वास्थ्य लाभ गरि सकेकाेे जानकारीमा आएकाे नेपाली राजदूतावास मलेसियाले जनाएको छ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ४८ हजार १९४ रहेकाे छ भने संक्रमितको सङ्ख्या ५६ लाख ३ हजार ५८७ जनामा संक्रमण रहेकाे छ । २३ लाख ८१ हजार ८५५ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ४ जनाकाे मृत्यु भएकाे पुष्टि भएको छ । त्यस्तै ६८२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ११२ जना डिस्चार्ज भएका छन ।