मलेसियामा काेराेना संक्रमित नेपालीको सङ्ख्या ७१ पुग्यो

everest kitchen

 

क्वालालम्पुर । मलेसियामा काेराेना संक्रमित नेपालीको सङ्ख्या ७१ पुगेको छ । मंगलबार थप १३ जना नेपालीमा संक्रमण पुष्टि भएपछि संक्रमितको सङ्ख्या ७१ पुगेकाे हाे ।

नेपाली राजदुतावास मलेसियाकाे स्राेतका अनुसार यसअघि ५८ जना नेपालीमा संक्रमण पुष्टि भएकाे र आज सोमबार क्वालालम्पुर नजिकै रहेकाे चेरास स्थित एक सेक्युरिटी कम्पनीमा कार्यरत १३ जनामा काेराेना पुष्टि भएकाे हाे । उक्त कम्पनीमा यसअघि पनि संक्रमित भेटिएका थिए ।

 

मलेसियामा हालसम्म १३ जना नेपालीले स्वास्थ्य लाभ गरेकाे जानकारीमा आएकाे छ ।

मलेसियामा काेराेनाकाे कारण मंगलबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १८७ जना रहेकाे छ । गएकाे शनिबार, आईतवार र सोमबार पनि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे थियाे ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ६०४ जनामा संक्रमण रहेकाेमा ६ हजार ४१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।