सोमबारमात्रै विभिन्न पाँच स्थानमा पाँच जना मृत फेला

everest kitchen

काठमाडौं,। पश्चिम रुकुमको घटनाले देशकै ध्यान केन्द्रित गरिरहेको बेला देशभरिका बिभिन्न पाँच छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला परेकाे प्रहरीले जनाएको छ ।

डोल्पा ,रुपन्देही , जाजरकोट ,खोटाङ रामेछापमा मृत अवस्थामा पाँच जना फेला परेका हुन ।

डोल्पा, जगदुल्ला गाउँपालिका-४ चौरीकोटास्थित कच्चेघट्टेखोला लघु जलविद्युत आयोजनामा कार्यरत सोही गाउँपालिका-५ माझगाउँ बस्ने ३१ वर्षीय केश बहादुर शाही उक्त पावर हाउस नजिकै सोमबार साँझ मृत अवस्थामा पेला परेका छन् । विद्युतको लाईन खराब भएपछि घरबाट पावर हाउसतर्फ गएका उनी मृत अवस्थामा फेला परेका हुन् ।

रुपन्देही, सैनामैना नगरपालिका-१० फच्कापुरस्थित प्रतिक्षालयमा बुटवल उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय प्रकाश गुरुङ सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोट, भेरी नगरपालिका-१२ खोदाखोलास्थित भेरी नदीको बिच बगरमा सोही ठाउँ बस्ने १९ वर्षीय गणेश बुढाको शव सोमबार साँझ फेला परेको छ ।

खोटाङ, दिक्तेल रुपाकोट मझुवागाढी नगरपालिका-७ मेवा खोला छेउमा हाल नाम, थर वतन नखुलेकी महिला सोमबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।

रामेछाप, सुनापती गाउँपालिका-४ च्याँडीस्थित सुनकोसी नदीको किनारमा काभ्रे भुम्लु गाउँपालिका-१ बस्ने २७ वर्षीय अशोक गिरीको शव सोमबार दिउँसो फेला परेको छ ।