क्वारेन्टाइन व्यवस्थापनका क्रममा वडाअध्यक्षको मृत्यु

everest kitchen

काठमाडौ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का वडाध्यक्षको गए राति क्वारेन्टाइन निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको छ।

नगरकै राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सिमा बसेर फोन चलाई रहेका बेला एक्कासी बेहोस भएका रानाको अस्पताल लिदै गर्दा मृत्यु भएको नगर प्रमुख कर्ण बहादुर हमालले जानकारी दिए ।

५८ वर्षीय ती वडाध्यक्ष क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहेकाले मृतकको कोरोना परीक्षण गर्न स्वाब झिकिएको र नतिजा आएपछि मात्र शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो लाग्ने प्रमुख हमालले बताए।

मृतक अध्यक्षकाे यसअघि कुनै किसिमको राेगकाे लक्षण नदेखिएकाेले हृदयघात भएर मृत्यु भएकाे आशंका गरिएकाे छ ।