काेराेना: भारतमा डेढ लाखबढी संक्रमित, ४ हजारबढीकाे मृत्यु

everest kitchen


नयाँदिल्ली । काेराेना भाईरस (काभि-१९) का कारण भारतमा हालसम्म ४ हजार ३४६ जनाकाे ज्यान गएकाे छ ।

हालसम्म भारतमा १ लाख ५१ हजार ८७६ जनामा संक्रमण देखिएकाे मध्ये ८३ हजार १०४ जनामा संक्रमण सक्रिय रहेकाे छ । ६४ हजार ४२६ जनाले स्वास्थ्य लाभ गरेका छन ।

भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र रहेकाे छ । महाराष्ट्रमा हालसम्म संक्रमितको संख्या ५४ हजार ७ सय ५८ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ७९२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १७ हजार ७२८ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १७० जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १४ हजार ८२१ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ९१५ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या सात हजार २४ पुगेको छ । यो राज्यमा ३०५ जनाको मृत्यु भइसकेको छ ।

भारतमा सबैभन्दा बढि संक्रमित महाराष्ट्रमा देखिएका छन भने मर्नेकाे सङ्ख्या पनि अन्य भन्दा बढि रहेकाे छ । भारतका उच्च हिमाली र पहाडी जिल्लाहरुमा भने संक्रमण कम देखिएकाे छ ।