नेपालमा काेराेना संक्रमितको सङ्ख्या ८ सय ५० पुग्यो

everest kitchen

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

बुधबार दिउँसो सम्म बिभिन्न स्राेतबाट खुलेको जानकारी अनुसार नेपालमा संक्रमितको संख्या ८ सय ५० पुगेको छ।

बुधबार बाग्लुङका ६, रौतहटका ३५, झापाका १७, बारामा ८, हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएपछि दिउँसोसम्म मात्र ६७ जना संक्रमित थपिएका छन्।

योसँगै संक्रमितको संख्या ८ सय ५० पुगेको छ। जसमा ४ जनाको निधन भएको छ भने १७६ जना निको भएर घर फर्किसकेका छन्।