कोरोना: मलेसियामा बुधबार पनि मर्ने सङ्ख्या शुन्य, नयाँ संक्रमित १५ जना

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १५ जना रहेकाे छ । गएकाे शनिबार, आईतवार सोमबार र मंगलबार पनि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे थियाे ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ६१९जनामा संक्रमण रहेकाेमा ६ हजार ८३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा हालसम्म ७१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ५२ हजार ६०४ रहेकाे छ भने संक्रमितको सङ्ख्या ५७ लाख १ हजार ४६२ जनामा संक्रमण रहेकाे छ । २४ लाख ४५ हजार ३९३ जनाले स्वास्थ्य लाभ गरेका छन ।