रुकुम घटनामा ६ जना बेपत्तामध्ये लोकेन्द्र सुनारको पनि शव फेला

everest kitchen

काठमाडौं । रुकुम जाजरकोट घटनाका बेपत्ता थप एकजनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका स्थित नदीमा १८ बर्षिया लोकेन्द्र सुनार शव फेला परेको हो ।

भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव रहेको र उनको शव डोरीले हात बाँधेको र टाउकोमा समेत चोट लागेको अवस्थामा फेला परेको प्रहरि सहित स्थानीय वासिले फेला पारेकाेे जनाएकाे छ ।

गएको जेठ १० गते साँझ जाजरकोटको भेरी नगरपालिका-४ का २१ वर्षिय युवा नवराज विककी चाैरजाहारि नगरपालिका साेति निवासी मल्ल थरकी प्रेमिकालाई लिन भनी १९ जना युवा आएपछि उक्त घटना घटेकाे थियो ।

रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बेपत्ता भएका थिए। बेपत्तामध्ये भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, रुकुम चौरजहारी–८ का टिकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ भने जाजरकोट भेरी नगरपालिका वडा नं ११ का गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता रहेका छन् ।

मृतक नवराज बिक मल्ल थरकी प्रेमिकासँग बिहेका लागि ‘भगाउन’ भन्दै १० जेठ साँझ आफ्ना १९ जना साथीसहित प्रेमिका​को गाउँ सोती पुगेपछि गाउँलेले ढुंगामुढासहित लखेटेपछि उक्त घटना भएको थियो।

घटना बारे प्रहरीले केहीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेकाे प्रहरीले बताएको छ ।

उक्त घटना बारे संसद देखि दलित अधिकारकर्मी लगायत सामाजिक सञ्जालमा तिब्र रुपमा दबाब सहित दोषीलाई कारबाहीको माग गरिएको छ ।