मलेसियाका अवैधानिक नेपाली घर फर्किन पाउने

everest kitchen
फाेटाे : फाईल गुगल/

ऐजेन्सी । मलेसियामा रहेका अवैधानिक नेपाली घर फर्किन पाउने भएका छन । मलेसियामा अबैधानिक हैसियतमा रहि कोरोना नेगेटिभ रहेका नेपाली , बंगाली, ईन्डाेनेसियाली नागरिकहरु घर फर्कन पाउने भएका हुन ।

नेपाल, इन्डोनेसिया र बंगलादेशका सरकारहरूले कोभिड-१९ काे परिक्षण नकरात्मक नतिजा आएका आफ्ना देशका अबैधानिक नागरिकलाई स्वदेश फर्काउन सहमति गरेकाे सुरक्षा मन्त्रालयका वरिष्ठ मन्त्री इस्माईल साब्री याकोबले जानकारी दिए ।

मन्त्री साब्रीका अनुसार ती देशसहित अन्यसँग कसरी आप्रवासीहरूलाई घर पठाउने भन्ने बारेमा छलफल हुने मलेसिया स्थित फ्रि मलेसिया टुडे समाचारले बताएकाे छ ।

साथै उनले भने “मलाई आशा छ कि अन्य सबै देशका सरकारहरूले पनि मलेसियामा रहेका उनीहरूको असहाय नागरिकहरूलाई घर फिर्ता पठाउन सहयोग गर्नेछन्,” ।

अवैधानिकहरू जेल भित्र रहेका मात्र पठाउने कि बाहिर रहेकालाई पनि स्वदेश फर्कन अवसर दिने भन्ने बिषयमा चाहिँ खुलाईएकाे छैन ।

तर यश बिषयमा जानकारि लिन खाेज्दा नेपाल एम्बेसिले भने आफुलाई आैपचारिक जानकारि नआएकाे जनाएकाे छ ।