चोरी भएकाे रकम मध्ये  करिब ७ लाख भारतीय बालकहरुको कोठाबाट बरामद

everest kitchen
photo file

काठमाडौं । हराएको नगद ८ लाख ९५ हजार मध्ये केहि रकम प्रहरीले बरामद गरेकाे छ ।

जेठ १० गते दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित नेपाल चौपाया खरिद बिक्री प्रालिबाट  चोरी भएको नगद ८ लाख ४० हजार रुपैयाँ मध्ये नगद ६ लाख ९४ हजार रुपैयाँ बुधबार दिउँसो प्रहरीले बरामद भएको हाे ।

उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ चोरीमा संलग्नहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चाल्नाखेल डेरा गरी बस्ने भारत घर भएका ३ जना बालकहरुको साथबाट उक्त नगद रकम र ३ थान मोबाइल बरामद गरेको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।