भगवान गौतम बुद्धको विश्व भ्रम चिर्दै धिरज राई ( प्रमाणसहित )

everest kitchen


काठमाडौं । युवापुस्ताका लोकप्रिय गायक धिरज राई, बुद्ध अभियन्ता रुपमा परिचित हुनुहुन्छ । १२ बर्षदेखि बुद्ध अभियान बुुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिदै आउनुभएका राईलाई नेपाल सरकारले प्रवल जन सेवा श्री चतुर्थीबाट सम्मानपनि गर्दैछ । यस्तै गायक राईलाइ लुम्बिनी विकास कोषको सद्भावना दुधपनि नियुक्त गरेको छ । सरकारले आफुलाई गरेको यो सम्मान विश्वासले आफुमाथी जिम्मेवारी थपिएको मसुस भएको उहाँको भनाई छ ।

बुद्ध नेपालमा जन्मिएका हुन भनेर प्रमाण केछ भन्ने कुरामा आजभन्दा १२ बर्षअगाडि अंग्रेजी साहित्यमा आफुले एमए दोस्रो बर्षमा पढ्दै गर्दा हिस्ट्री अफ नजेल भन्ने पुस्तकको २१ नम्बर पेजमा बुद्ध भारतमा जन्मिएका हुन भनेर लेखिएको थियो । जस्ले म भगवान बुद्धको जन्म भारतमा भएको भन्ने रहेछ त्यो पनि नेपालमा पढाई भैरहेको छ भनेर आफु अच्चम्ति भएको उहाँ बताउनुहुन्छ ।

त्यो भन्दा अगाडि राई बुद्धको जन्म नेपालमा भएको हो भन्ने कुरामा ढुक्क थिए । तर जव त्यो पुस्तक देखे तव उनिलाई यस्तो पुस्तक संसारका अन्य मुलुकमापनि छ क्याहो, खोज्पर्छ क्यारो भन्ने लागेर सोहि पुस्तकको खोजी गर्न थाल्नुभयो । आफुले प्रत्यक देश कन्सर्ट गर्न जादा त्यहाँ कार्यक्रम सकिएपछि सो पुस्तक छ की भनेर खोजी गर्न थाल्नुभयो ।

बुद्ध अभियान किन,बुद्ध नेपालमा जन्मिएको भनेर किन भन्न जरुरी छ, बुद्धको भ्रमणहरु केछ प्रमाणसहित, भ्रमण कसरी आयो र बिश्वबाट बुद्धको भ्रमण हटाउन केके उपाय छन् र हटाएनौ भने के हुन्छ ? यो बारेमा राईका बिचार र देखाईहरु प्रमाणसहित

यस्तै १२ बर्षको अवधिमा ४० वटा देशमा खोज्दा भगवान बुद्धको दुईवटा तस्वीर एउटा नेपाल र नेपालीले देख्ने अर्को नेपालीबाहेक बिदेशीले देख्ने रहेको उहाँ बताउनुन्छ । एक पुस्तक जस्मा भगवान बुद्ध नेपालमा जन्मिएका हुन् भनेर लेखिएको र अर्को बुद्ध भारतमा जन्मिएका हुन् नेपालमा हाईन तेस्रोमा बुद्ध थाईल्याण्डमा भएको हो र चौथोमा भगवान बुद्धको जन्म श्रीलंकामा भएको भन्ने छ भने पाँचौ पुस्तक जापानीज पुस्तकमा भगवान बुद्ध भारतमा जन्मिएका हुन् भने लेखिएको छ भने छैठौं भेतनामीज भाषाको पुस्तकमा भगवान बुद्ध भारतमा जन्मिएका हुन् भने लेखिएको छ भने कोरियन भाषाको पुस्तकमापनि भगवान बुद्ध भारतमा जन्मिएका हुन् भने लेखिएको छ ।

यस्तै नेदरल्यान्सको पुस्तकम भगवान बुद्ध भारतमा जन्मिएका हुन् भने लेखिएको छ । यस्तै कोरियन भाषाको डिक्स्नेरीमा भने भारतीय धर्म नेता अथवा भारतमा जन्मिएका हुन् भन्ने छ ।

त्यस्तै हिन्दी भाषाको पुस्तकमापनि भगवान बुद्ध भारतमा जन्मिएका हुन् भनेर लेखिएको छ । यस्तै अमेरिकाको एक पसमा राखिएको स्टयाचुमापनि भगवान बुद्ध २५ सय बर्ष अगाडि भारतमा जन्मिएका हुन् भनेर लेखिएको छ । यस्तै कान्तिपुर दैनिकमा प्रकाशित एउटा लेखमा आईबोरी कोषका उपराष्ट्रपति नेपाल आउनुभएको थियो त्यो बेलामात्रै उहाँलाई थाहा भयो की बुद्ध नेपालमा पो जन्मिनुभएको रहेछ ।

यसको अर्थ त्यो देशमापनि बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा छन भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यस्ता यी कार्यहरुले संसारमा गलत सन्देश फैलाएको पनि बुझ्न सकिन्छ । यस्तै त्यस्तो धेरै म्युजियम, नक्शाहरुमापनि बुद्धको जन्म भारतमा भएको हो भन्ने गलत भ्रमहरु रहेका छन् ।

यस्तै भगवान बुद्धको यो भ्रमण कसरी आयो त भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ आजभन्दा २५ सय बर्ष अगाडि नेपाल भन्ने देश र भारत भन्ने दुवै देश थिएनन् । भगवान बुद्धको भ्रम आजभन्दा १ सय २३ बर्ष अगाडि घटेको एउटा घटनाको कारण आएको हो जुन समय नेपालमा राणा शासन थियो भने भारतमा ब्रिटिस सरकारको शासन थियो ।

ब्रिटिस सरकारले एक जर्मन नागरिक डाक्टर फ्युरो लाई भगवान बुद्धको जन्म कहाँ भएको हो भन्ने प्रमाण खोज्न लगाईयो उहाँले नेपालमै भएको पत्ता लगाउनुभयो । आजभन्दा १ सय २३ बर्ष अगाडि डिसेम्बर १ तारिखमा लुम्बिनीमा रहेको अशोका पिलरमा ब्रामिलिपीमा लेखिएको अक्षर । र उहाँले आफुले गरेको खोज र सोहिअनुसार उहाँले एउटा पुस्तकनै लेखेर पहिलोपटक विश्वलाई बुद्ध नेपालमै जन्मिएको भन्ने जानकारी दिनुभयो । तर त्यो बेला भारतको ब्रिटिस सरकारले जवरजस्ती उहाँलाई आफुले गरेको खोज र लेखेको पुस्तक गलत हो भनेर जवरजस्ती भन्न लगायो ।

अन्तयमा उहाँलाई बडो बेईज्जतका साथ आफ्नै देशमा जाउ भनेर जर्मन पठायो र यति घटनापनि तत्कालै ब्रिटिस सरकारले बुद्धको जन्म नेपालमा भएको भन्ने पुस्तक र खोजलाई नस्ट पारिदियो, जुन हाम्रो सबैभन्दा ठुलो प्रमाण थियो । तर ब्रिटिस सरकारले प्रमाण नस्ट गरेपनि नेपालमा त राणाहरु थिएनी तर उनिहरुले कुनैपनि प्रमाण खोजेनन् चुप लागेर बसे, प्रमाण संरक्षण गरेनन् ।

आजभन्दा १ सय २३ बर्ष अगाडि ब्रिटिस सरकारले हाम्रो प्रमाण नस्ट गर्यो र राणाहरुले आफ्नो प्रमाणलाई बचाएनन् त्यसपनि भगवानको जन्म नेपालमा भएको भन्दापनि भारत, चिन लगायतको देशमा भयो भन्ने भ्रम फैलियो । यो भ्रम सय बर्षसम्म संसारमा रह्यो । त्यो बेला बिश्वका बाजे पुस्ता लगाय पनातीपुस्ता सम्मले यहि पढे र बुझेपनि । भगवान बुद्धको जन्म नेपालमा भएको भनेर आधिकारीक रुपमा संसारलाई प्रमाणित गर्ने काम नाईन्टिन नाईन्टि सेभेन (१९९०७) मा मात्रै भयो । तर त्यो भन्दा अगाडि यस्ता भ्रमका पुस्तकहरु धेरै आए ।

भगवान बुद्धको भ्रम संसारबाट हटाउने तीनवटा उपायहरु छन्

हेर्नुहोस स्वदेश नेपालमा गायक धिरज राईको लाइभ भिडियो

बुद्धको भ्रम के हो ? कसरी हटाउने ??( धिरज राई / गायक तथा बुद्ध अभियन्ता )

Posted by Himaltimes on Monday, 25 May 2020

जुनजुन देशमा भ्रम छ त्यहि देशमा जाने अनि सच्याउने ,नेपालका पर्यटकिय स्थलमा बुद्धको ओडिङ बोर्ड, ब्यान र स्टीकरहरु टास्ने ,नेपालको नोट र पासपोर्टमा बुद्धको फोटो राख्ने । जसरी २२ बर्ष अगाडि रेकर्ड गराएको लुकीलुकी गीत मेरो हो भनेर अदालतमा मुद्दा लडिरहेको छु । किनभने यो गीतको कानुनी अधिकार अरु कुनै म्युजिक कम्पनिमा छ ।

यो गीत मेरो हो भन्न प्रमाण नभएकाले यस्तो समस्या आयो । यो गीतको कानुनी अभिकार छैन । जसरी सहि प्रमाण नभएकाले मेरो गीत मेरो हो भन्ने छैन त्यसैगरी बुद्धको भ्रमहरु संसारमा प्रमाणि नहोला भन्न सकिन्छ ? यहि कारणले बुद्ध अभियान चलाउन आवश्यक छ । त्यस्ता गलत पुस्तकका आधारमा अरु देशले बुद्ध आफ्नो भनेर दावी गर्न सक्छ । जवकी बुद्धको जन्म नेपालमै भएको हो । सन्देशनेपालबाट

सबै नेपालीले हेर्नैपर्ने गायक धिरज राईको बुद्ध सम्बन्धि डकुमेन्ट्री भिडियो

सबै नेपालीले हेर्नैपर्ने गायक *धिरज राईको *बुद्ध Documentry

Posted by Himaltimes on Sunday, 24 May 2020